Lajjawati Jhar - Mahesh Kafle, Asmita Adhikari Lyrics
| Singer | Mahesh Kafle, Asmita Adhikari |
| Arrange | Rikesh gurung "keys" |
| Music | Mahesh Kafle |
| Song Writer | Mahesh Kafle |
लज्जावती झार जस्तै लजाउँछौ
खै कसरी यो सिउँदो सजाउँछौ
अलि वर आउ, अलि वर आउ माया
बस मेरै छेउ,
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
अलि वर आउ माया, बस मेरै छेउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
आगोमा घिउ हाले झैँ भइहाल्छु
तिम्रो छेउमा पग्लिदै गैहाल्छु
खै कसरी आउँ, खै कसरी आउँ माया
भन तिम्रो छेउ
लाज भाग्ने आँट जाग्ने मन्त्र गरिदेउ
खै कसरी आउँ माया, भन तिम्रो छेउ
लाज भाग्ने आँट जाग्ने मन्त्र गरिदेउ
लाज भाग्ने आँट जाग्ने मन्त्र गरिदेउ
बुझ्नुपर्छ मनका कुरा केही नबोली नि
पढ्नुपर्छ आखाहरू मुखै नखोले नि
अधेरिमा जान सक्छु त्रिशुलीको तिरमा
तर तिम्रो सामु मुटु हुन्न कहिल्यै थिरमा
फूलै दिए कानैमा सिउरिन्छौ
हात समाउँदा लजाउँदै निहुरिन्छौ
अलि वर आउ, अलि वर आउ माया
बस मेरै छेउ,
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
अलि वर आउ माया, बस मेरै छेउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
देखेपछि जून झैं त्यो मुहार
पसिनाले ज्यान भिज्छ नुहार
खै कसरी आउँ, खै कसरी आउँ माया
भन तिम्रो छेउ
लाज भाग्ने आँट जाग्ने मन्त्र गरिदेउ
खै कसरी आउँ माया, भन तिम्रो छेउ
लाज भाग्ने आँट जाग्ने मन्त्र गरिदेउ
लाज भाग्ने आँट जाग्ने मन्त्र गरिदेउ
मनको कुरा मन मै राखे ढिलो हुन सक्छ
पछि फेरी पछुताउँदै त्यो मन रुन सक्छ
कति कोरे तिम्रो लागि कविता र गीत
भन्न मात्र नसक्या हो मैले तिमी सित
फुलेको फूल अर्कैले टिप्ला है
सम्झनामै जिन्दगी बित्ला है
अलि वर आउ, अलि वर आउ माया
बस मेरै छेउ,
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
अलि वर आउ माया, बस मेरै छेउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
लाज भाग्ने आँट जाग्ने मन्त्र गरिदेउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
लाज भाग्ने आँट जाग्ने मन्त्र गरिदेउ