पिरतीको बर्को (Piratiko Barko)

चलचित्र:- शत्रु गते
रचनाकार/गायक:- काली प्रसाद बास्कोटा
शब्द:- अर्जुन भट्टराई
Sound Design/Music Programming/ Guitars : रिकेश गुरुङ 


ओढाउँला पिरतीको बर्को तिमीलाई 
मेरै नामको सिन्दुरको धर्को तिमीलाई
ओढाउँला पिरतीको बर्को तिमीलाई 
मेरै नामको सिन्दुरको धर्को तिमीलाई
डबल बेडको पलङमाथी दुइटा सिरानी
एउटा मलाई चट्टसँग अर्को तिमीलाई
मेरै नामको सिन्दुरको धर्को तिमीलाई
ओ.... बर्को तिमीलाई..

तिलहरी र नौगेडिको लर्को तिमीलाई 
अाहै तिलहरी र नौगेडिको लर्को तिमीलाई 
हसाई राख्छु हरेक पल एक सर्को तिमीलाई
काढौला पिरतीको मह मिलीजुली
एउटा हात मै चाटौला अर्को तिमीलाई 
मेरै नामको सिन्दुरको धर्को तिमीलाई
दिउला  बर्को तिमीलाई..


बाहिरको काम सबै मेरो घरको तिमीलाई
आहै बाहिरको काम सबै मेरो घरको तिमीलाई
घरको काममा लाग्न दिन्न झर्को तिमीलाई
गुडाउला जिन्दगीको रथै गुटुटुटु
एउटा पाङ्ग्रा मेरो भयो अर्को तिमीलाई
मेरै नामको सिन्दुरको धर्को तिमीलाई
दिउला  बर्को तिमीलाई..

ओढाउँला पिरतीको बर्को तिमीलाई 
मेरै नामको सिन्दुरको धर्को तिमीलाई
डबल बेडको पलङमाथी दुइटा सिरानी
एउटा मलाई चट्टसँग अर्को तिमीलाई
मेरै नामको सिन्दुरको धर्को तिमीलाई
दिउला. बर्को तिमीलाई..
ओढाउँला पिरतीको बर्को तिमीलाई 
मेरै नामको सिन्दुरको धर्को तिमीलाई



Previous
Next Post »