Futeka Chura (फुटेका चुरा) Lyrics

फुटेका चुरा - Prakash Saput, Anita Chalaune Lyrics

Singer Prakash Saput, Anita Chalaune
Arrange Yogesh Kaji
Music Prakash Saput
Song Writer Prakash Saput

झ्याउँ झ्याउँ झ्याउँ
झ्याउँ झ्याउँ झ्याउँकिरी झ्याउँ झ्याउँ झ्याउँ
झ्याउँ झ्याउँ झ्याउँकिरी झ्याउँ झ्याउँ झ्याउँ

(रातिमा करायो झ्याउँकिरी, दिनैमा भरी चुप बस्यो
देखेको एकै नजरमा, आँखैमा कान्छीको रूप बस्यो)

रातिमा करायो झ्याउँकिरी, दिनैमा भरी चुप बस्यो
देखेको एकै नजरमा, आँखैमा कान्छीको रूप बस्यो
पत्तै भएन
आहा पत्तै भएन हो रामा थाहै भएन
पत्तै भएन हो रामा थाहै भएन
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
हाय मायाका कुराले रातै काटेको


(बोलीमा रैछ मोहनी, सुनेको सुनै बनायौ
दिल भित्र पस्न भनेर, थुनेको थुनै बनायौ)

बोलीमा रैछ मोहनी सुनेको सुनै‌ बनायौ
दिल भित्र पस्न भनेर थुनेको थुनै बनायौ
पत्तै भएन
आहा पत्तै भएन हो रामा थाहै भएन
पत्तै भएन हो रामा थाहै भएन
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
हाय मायाका कुराले रातै काटेको



(कथामा पनि पढेको, फिलीममा पनि देखेको
पढेको देखेको पिरती, तिमीस: हुन लेखेको)

कथामा पनि पढेको, फिलीममा पनि देखेको
पढेको देखेको पिरती, तिमीस: हुन लेखेको
पत्तै भएन
आहा पत्तै भएन हो रामा थाहै भएन
पत्तै भएन हो रामा थाहै भएन
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
हाय मायाका कुराले रातै काटेको


(फुलैमा भमरा बसेको सुगाले मैना खोजेको
यसैको अर्थ बुझेर तिमीलाई मैले रोजेको)

फुलैमा भमरा बसेको, सुगाले मैना खोजेको
यसैको अर्थ बुझेर, तिमीलाई मैले रोजेको
पत्तै भएन
आहा पत्तै भएन हो रामा थाहै भएन
पत्तै भएन हो रामा थाहै भएन
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
हाय मायाका कुराले रातै काटेको


झ्याउँ झ्याउँ झ्याउँकिरी झ्याउँ झ्याउँ झ्याउँ
झ्याउँ झ्याउँ झ्याउँकिरी झ्याउँ झ्याउँ झ्याउँ


(आहा! क्या मीठो तिम्रो स्पर्श, हावाले छोएर गएझैं
पग्लिएँ तिम्रो मोहमा, मैनबत्ती पग्ली रहेझैं)

क्या मीठो तिम्रो स्पर्श, हावाले छोएर गएझैं
पग्लिएँ तिम्रो मोहमा, मैनबत्ती पग्ली रहेझैं
पत्तै भएन
आहा पत्तै भएन हो रामा थाहै भएन
पत्तै भएन हो रामा थाहै भएन
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
हाय मायाका कुराले रातै काटेको

(बगेको बगै छ वैंश यो, राखेथें आफैंले छेकेर
अहँ सकिन छेकेर थुनेर, उर्लियो तिमीलाई देखेर)
बगेको बगै छ वैंश यो, राखेथें आफैंले छेकेर
सकिन छेकेर थुनेर, उर्लियो तिमीलाई देखेर
पत्तै भएन
आहा पत्तै भएन हो रामा थाहै भएन
पत्तै भएन हो रामा थाहै भएन
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
हाय मायाका कुराले रातै काटेको



(पाउजु को तिम्रो छम् छम् छम्, जस्तोकि खोलाको कल् कल् कल्
सुनिरहुँ लाइ रह्यो हरेक पल, जस्तो कि अम्मलको तल् तल् तल्)

पाउजु को तिम्रो छम् छम् छम्, जस्तोकि खोलाको कल् कल् कल्
सुनिरहुँ लाइ रह्यो हरेक पल, जस्तो कि अम्मलको तल् तल् तल्
पत्तै भएन
आहा पत्तै भएन हो रामा थाहै भएन
पत्तै भएन हो रामा थाहै भएन
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
हाय मायाका कुराले रातै काटेको


(यो कस्तो रङ्ग हो मायाको, रंगियो मेरो तनमनै
टेकेनि पावैले धर्तीमा, उडेछु आकाशमा मनमनै)

यो कस्तो रङ्ग हो मायाको, रंगियो मेरो तनमनै
टेकेनि पावैले धर्तीमा, उडेछु आकाशमा मनमनै
पत्तै भएन
आहा पत्तै भएन हो रामा थाहै भएन
पत्तै भएन हो रामा थाहै भएन
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
हाय मायाका कुराले रातै काटेको


झ्याउँ झ्याउँ झ्याउँकिरी झ्याउँ झ्याउँ झ्याउँ
झ्याउँ झ्याउँ झ्याउँकिरी झ्याउँ झ्याउँ झ्याउँ


(लाजको पर्दा हटाइदेउ, मुहारको चकचक छेकियो
स्वर्गमा हुन्छन् रे अप्सरा, धर्तिमा कसरी देखियो हँ?)

लाजको पर्दा हटाइदेउ, मुहारको चकचक छेकियो
स्वर्गमा हुन्छन् रे अप्सरा, धर्तिमा कसरी देखियो
पत्तै भएन
आहा पत्तै भएन हो रामा थाहै भएन
पत्तै भएन हो रामा थाहै भएन
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
हाय मायाका कुराले रातै काटेको


(डुबेर शब्दको सागरमा, मायाको मोति झिकेको
बोलीमा यस्तो माधुर्य भन न कसरी सिकेको हँ?)

डुबेर शब्दको सागरमा, मायाको मोति झिकेको
बोलीमा यस्तो माधुर्य भन न कसरी सिकेको
पत्तै भएन
आहा पत्तै भएन हो रामा थाहै भएन
पत्तै भएन हो रामा थाहै भएन
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
हाय मायाका कुराले रातै काटेको



Previous
Next Post »