मेरो ex को छम्मा (Mero ex ko Chamma) Lyrics

मेरो ex को छम्मा - Haudemaya / Mr. Rj Lyrics

Singer Haudemaya / Mr. Rj
Arrenger Haudemaya
Music Yogesh Kaji
Song Writer Haudemaya

मेरो पछिपछि सारा दुनियाँ
आज मेरै छ दिन
मोडल सोडल मुठ्ठिमा राख्छु
म हुँ पुरा युरोपको king

मेरो ex को छम्मा
मेरो ex को छम्मा
गजवको माल यार looks so hot
पैसा सैसा चैट !
पैसा सैसा चैट !
सोल्टीको पैसा सैसा चैट!
चैट चैट चैट

ओ युरोप को king, अब कति दिन
अति भो अति तेरो बिग्रेको मती!
दुनियालाई रुवाईस् नि
तं नजिक छ खती
मलाई त लात हानेर फालिस्
अहिलेको तेरो त्यो रख्खेल की श्रीमती ?
हाहाहा...


तेरो लाईफ ए ! गर् न त गर् मोज तर एउटा कुरा सोच्
ईमान्दारिताको बाटो हिडीराको केटी !
अनेक बाहना बनाएर भेटी
आफुलाई Prove गर्न ईमानदार बनिस्
आफ्नो सारा past बताईस् , माया गर्छु भनिस्।
मेरो कोमल हृदयले तेरो पिडा देख्यो
रगतले तेरो नाम मुटुमा लेख्यो
खुब माया care गर्थ्यौं, घण्टौंसम्म कुरा हुन्थ्यो
दुख साट्थ्यौं, सुख साट्थ्यौं दुबैको आंखामा आंशु झर्थ्यो ।

भन्थ्यौ नी,
हाम्रो एउटा छुट्टै संसार हुन्छ, त्यहाँँ एउटा सानो घर हुन्छ
जिन्दगीको सहयात्री हौं नि हामी, बुढेसकालमा एकअर्काको भर हुन्छ सुनन, कता कता मलाई डर लाग्छ भन्छौ नि माया तिम्लाई गर्छु त
मैले तिम्रो लागी सबथोक त्यागेकी छु, छुट्नुपर्यो भने मत मर्छु त
Oh my love! You know म कति Mature छु, मेरो पनि समाजमा ईज्जत छ
तिमी जस्तो असल केटी बल्ल त पाको छु छुट्नुपर्यो भने मलाई कति दुख्छ ?
ढुक्क होउ तिमी कहिल्यै रुनु पर्दैन
मेरो कारण दुखी कहिल्यै हुनुपर्दैन
because I love you
I love you
I love you

यतिधेरै मायाप्रेम बाचाकसम आखिर केकाे लागी ?
Last मा तिमी परिवर्तन भयौ हैन !
यि सब बाहाना बनाएर मेरो जिन्दगी सँग खेल्न चाहन्थ्यौ पाएनौ त्यसैले दिनप्रतिदिन टाढा हुँदै गयौ होइन बाबु
त्यतिबेला तेरो मायामा चुर्लुम्मै डुबेको थेँँ
तं बिना बाँच्न नसक्ने स्थितीमा पुगेको थेँ
थाहा छ ?
हजार फोन मेसेज गर्थें, ignore ignore ignore गर्थिस्
दुई शब्द बोल्दा तेरो के जान्थ्यो हँ ? तं मर्थिस् ?
म मेसेज लेख्थें, लाख बिन्ती गर्छु, तिम्रो पाउ पर्छु नत्र म मर्छु प्लिज एकपटक त बोलन दिनदिनै म भित्र बढ्दै गा’छ ब्यथा ।
रिप्लाई आउँथ्यो, अरे ! म कति बिजी छु यार तँ जस्तो बेरोजगारलाई के था!


ओ! महाराज! सधै बिजी बिजी बिजी बिजी भुत्राको बिजी
उता Gold digger sexy mama भेट्या रैछ ईजी

मेरो ex को छम्मा.....
गजवको माल यार looks so hot
पैसा सैसा चैट !
पैसा सैसा चैट !
सोल्टीको पैसा सैसा चैट!
चैट चैट चैट

कति चिच्याएँ सरापेेँ रोएँ कराएँ
आँशु र पिडाको भुमरीमा हराएँ
गित कथा कविता लेखें जे जे आउँछ सब गरेँ
कतै फर्कि आउँछ कित भन्ने सधैं भ्रममा परें
फेक आईडी create गरि कति profile चेक गरें
तैंले जति couples फोटो upload गर्थिस्
थाहा छ ? म कति पटक जिउदै मरेँ
मैले गलत गरेँ, सब बर्बाद भयो अबत यो सब भुल्नैपर्छ
तोडेर यादको जन्जिर उठाउनु छ शिर फेरी पनि म फुल्नैपर्छ
मेरो पनि बा-आमाको सपना छ अबत केहि गर्नैपर्छ
केको लागी यत्रो घमण्ड हँ ? तैँले’नी एकदिन त मर्नैपर्छ
पैसामा माया किन्नेहरु,खोक्रो आदर्श बोकी हिड्नेहरु
कुराले संसारै किन्दिने, जतानी बिस्ट्याउँदै हिन्दिने
तं जस्तोको लागी अब रुँदिन
कमजोर त बिल्कुलै हुँदिन
उठ्न त दे मलाई एकदिन ईतिहासमा नाम लेखाउँछु
चोट दिनेलाई बदला होईन, बदलिएर देखाउँछु
याद राख्
जब उमेरले काट्छ नि डाँडा
रित्तीन्छ तब दौलतको भाँडा
जब खुद चल्न सक्दैनस् दायाँबायाँ
तब याद गर्नेछस् यो हाउडेमाया
अस्तु



Previous
Next Post »