Malingo (मालिङ्गो) Lyrics- Rajanraj Shiwakoti

Malingo - Rajan Raj Shiwakoti / Smita Dahal Lyrics

Singer Rajan Raj Shiwakoti / Smita Dahal
Arrange Udaya Raj Poudel
Music Rajan Raj Shiwakoti
Song Writer Sunita Nepal Subedi

मालिङ्गो र निगालो, तामा मिठो टुसाको
यो कान्छाको बोलीमा माया मिसाको
मालिङ्गो र निगालो, तामा मिठो टुसाको
यो कान्छाको बोलीमा माया मिसाको
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
तिमी आयौ धाइधाइ भेट्न लाइ

मालिङ्गो र निगालो, तामा मिठो टुसाको
यो कान्छीको बोलीमा मन्तर मिसाको
मालिङ्गो र निगालो, तामा मिठो टुसाको
यो कान्छीको बोलीमा मन्तर मिसाको
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
म त आको धाइधाइ भेट्न लाइ



पानी पर्यो चैतैमा, ल्याको छैन छाता
तिम्रो छेउमा आउँ भने छैन कुनै नाता
पानी पर्यो चैतैमा, ल्याको छैन छाता
तिम्रो छेउमा आउँ भने छैन कुनै नाता
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
तिमी आयौ धाइधाइ भेट्न लाइ

सँगसँगै घर हाम्रो, एउटै पर्यो जिल्ला
पिरतीको डोरीले बाधौँ चार किल्ला
सँगसँगै घर हाम्रो, एउटै पर्यो जिल्ला
पिरतीको डोरीले बाधौँ चार किल्ला
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
म त आको धाइधाइ भेट्न लाइ



चारो हाल्यौ चरिलाइ, अलमल धेरै नगर
मझेरीमै आइसकेँ, दैलो उघार
चारो हाल्यौ चरिलाइ, अलमल धेरै नगर
मझेरीमै आइसकेँ, दैलो उघार
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
तिमी आयौ धाइधाइ भेट्न लाइ

गलैंचामा बसेर मनको धोको फुकाउँला
एकअर्काको दुखपिर घाममा सुकाउँला
गलैंचामा बसेर मनको धोको फुकाउँला
एकअर्काको दुखपिर घाममा सुकाउँला
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
म त आएँ धाइधाइ भेट्न लाइ
माया बाटै भरि जाइ, माया बाटै भरि जाइ
म त आएँ धाइधाइ भेट्न लाइ



Previous
Next Post »