कुरा काट्ने मान्छे - Eleena Chauhan / Subhash Puri Lyrics

Singer | Eleena Chauhan / Subhash Puri |
Arrange | Rikesh Gurung |
Music | Dipak Sharma |
Song Writer | Dipak Sharma |
कुरा काट्ने मान्छेले काटुन्
खुट्टा तान्ने मन्छेले तानुन्
तर तिमी म छुट्नु भएन
तर तिमी म छुट्नु भएन
आँखा तर्ने मान्छेले तरुन्
डाहा गर्ने मान्छेले गरुन्
तर तिमी म छुट्नु भएन
तर तिमी म छुट्नु भएन
अरुका कुरा सुनेर रिस उठ्नु भएन
तर तिमी म छुट्नु भएन
तर तिमी म छुट्नु भएन
तिमीले दिने काँचका चुरा, सुनका चुरा जस्तै लागुन्
तिमीले बोल्ने मिठो बोली, अमृत धारा जस्तै लागुन्
तिमीले हास्ने मधुर हाँसो, आकाशको चन्द्रमा लागोस्
तिमी लजाउँदै मलाइ हेर्दा, मनका सबै निराशा भागोस्
धारे हात लाउनेले लाउन्,
हाम्रा गीत गाउनेले गाउन्
तर तिमी म छुट्नु भएन
तर तिमी म छुट्नु भएन
गाली गर्ने मान्छेले गरुन्,
तल झार्ने मान्छेले झारुन्
तर तिमी म छुट्नु भएन
तर तिमी म छुट्नु भएन
अरुका कुरा सुनेर रिस उठ्नु भएन
तर तिमी म छुट्नु भएन
तर तिमी म छुट्नु भएन
तिमीलाई नजिक पाउँदा पनि, संसार सबै लागोस्
जुनीजुनी सँगै हुँदा नि, एक वर्ष बिते झैं लागोस्
तिमीले मलाई सम्झीए मात्र, म बाँचेको अर्थ लागोस्
तिम्रो त्यो एक मुस्कानले मात्र, म हाँसेको अर्थ लागोस्
गाह्रो पार्ने मान्छेले पारुन्,
कुरा टार्ने मान्छेले टारुन्
तर तिमी म छुट्नु भएन
तर तिमी म छुट्नु भएन
साथ छोड्ने मान्छेले छोडुन्,
माया मार्ने मान्छेले मारुन्
तर तिमी म छुट्नु भएन
तर तिमी म छुट्नु भएन
अरुका कुरा सुनेर रिस उठ्नु भएन
तर तिमी म छुट्नु भएन
तर तिमी म छुट्नु भएन